निर्वाचन आयोगसमक्ष कलाकारको आग्रह-निर्वाचन केन्द्र अशक्त, वृद्धवृद्धामैत्री बनाऊ

नेपालभ्युज

निर्वाचन आयोगसमक्ष कलाकारको आग्रह-निर्वाचन केन्द्र अशक्त, वृद्धवृद्धामैत्री बनाऊ
फाइल फोटो

काठमाडौं । कलाकारहरुले आसन्न निर्वाचनमा शारीरिक अशक्त, वृद्धवृद्धा र स्वास्थ्य समस्या भएका व्यक्तिमैत्री निर्वाचन केन्द्र निर्माण गर्न नर्वाचन आयोगसमक्ष आग्रह गरेका छन् ।

सोमवार निर्वाचन आयोगले कलाकारहरुसँग गरेको अन्तरक्रियात्मक कार्यक्रममा आफ्ना धारणा राख्दै कलाकारहरुले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आयोगले शारीरिक अशक्तता भएका व्यक्तिहरुलाई ध्यानमा राखेर निर्वाचन केन्द्र निर्माण गर्नुपर्नेमा जोड दिएका हुन् ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै कलाकार मनोज गजुरेलले कलाकारहरु अभियन्ता मात्रै नभइ खबरदारी कर्ता पनि भएकाले खबरदारी कर्ताको रुपमा प्रश्तुत हुन अनुमति दिनुपर्ने माग गरे । उनले मतपत्र हेरिसकेका मानिसहरु पनि झुक्किने भएकाले आयोगले समयमा नै मतदाता शिक्षा आम नागरिकहरुमा बुझाउनुपर्ने बताए।

‘हामी अभियन्ता मात्रै नभएर हामी खबरदारीकर्ता प्रश्तुत हुन्छौँ । त्यो अनुमति दिनुपर्‍यो । हामीले ४ प्रकारका मतपत्र हेर्‍यौं । हामी पनि त्यसमा कन्फ्युज छौँ । यसलाई बुझाउने पाटोमा निर्वाचन आयोगले महत्व
दिएको छ जस्तो मलाई लाग्दैन । राजनीतिक पर्वको रुपमा निर्वाचनलाई मनाएर जानुपर्छ । सकेसम्म निर्वाचनलाई नेगेटिभ्ली प्रचार नगरौँ ’, उनले भने ।

त्यस्तै अर्का वरिष्ठ कलाकार एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएको भन्दै अन्तरक्रियात्मक कार्यक्रम अझै बढाउन आवश्यक रहेको बताए । उनले कलाकारहरुले आफ्नो तर्फबाट नागरिकलाई निर्वाचनका बारेमा बुझाउने काममा लाग्ने हो भने त्यसले मतदातामा जनचेता फैलाउन सहयोग पुग्ने बताए ।

उनले भने, ‘यो एउटा मेला हो, पर्व हो, निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो । अन्तरक्रियात्मक कार्यक्रमरु बेलाबेलामा हुँदै गरुन्, यसले सकारात्मक सन्देश दिन्छ । कलाकारहरुले पनि आफ्नो तर्फबाट आफ्नो क्षेत्रबाट नागरिकलाई निर्वाचनका बारेमा बुझाउने काममा लाग्ने हो भने त्यसले निश्चय नै यो अभियानमा सहयोग पुग्नेछ ।’

कलाकार दीपक आचार्यले विगत केही समय यता ठूला दलका नेताहरुले चुनाव प्रचारप्रसार गर्ने क्रममा र भोट माग्ने क्रममा मतदाताहरुलाई प्रलोभनमा पार्ने गरेको भन्दै कारबाही हुन्छ की हुँदैन भनेर प्रश्न गरे । उनले ‘बिना ढेवाके विदेश पठाइदिन्छु’, ‘हेलिकप्टर लिएर प्रचारप्रसार गर्न आउनेहरुलाई भोट दिनुहोस्’ जस्ता अभिव्यक्ति दिने नेताहरुप्रति आयोगको ध्यानाकर्षण भएको छ वा छैन भन्नेबारेमा जिज्ञासा राखे ।

‘निर्वाचन आयोगले जुन आचारसंहीताका कुराहरु गर्छ, एउटा उम्मेदवारले यति खर्च गर्ने भन्ने एउटा लिमिटेशन पनि होला, आचारसंहीता भित्र तर विगत केही समय यता दलका ठूला नेताहरुले चुनाव प्रचारप्रसार गर्नेक्रममा र भोट माग्ने क्रममा बिना ढेवाके विदेश पठाइदिन्छु भन्ने किसिमका अत्यन्तै असान्दर्भिक निकृष्ट खालका चुनाव प्रचारप्रसार गरिएको र केही अरु दलका ठूला नेता, नेतृहरुले हेलिकप्टर लिएर प्रचारप्रसार गर्न आउनेहरुलाई भोट दिनुहोस् भन्ने किसिमका बाइटहरु पनि सुनेका छौँ ‘, उनले भने ।
दीपाश्री निरौलाले निर्वाचन आइसकेकाले मोबाइलमा निर्वाचन प्रचारप्रसारका रिङटोनहरु राख्न सुझाव दिईन् । उनले मतदाताहरुलाई निर्वाचन मतदाता शिक्षामुलक सूचनाहरु प्रशारण गर्ने हो भने मोबाइलले पनि धेरै कुरा जानकारी गराउने बताईन् ।

उनले भनिन्, ‘हामीले अब १३ दिनको अवधिमा मतदाता परिचय पत्र बोकेर जाऔँ, भन्ने खालका मतदाता शिक्षा सम्बन्धीका सूचनाहरु मोबाइलको रिङटोनमा बज्नेगरी प्रशारण गर्न आवश्यक छ ।’

प्रकाश सपुतले आम नागरिकलाई निर्वाचनका बारेमा सिकाउने कुरामा आफूले निःशुल्क काम गर्ने उद्घोष गरे । उनले निर्वाचन सामग्रीहरु किन राम्रा निर्माण गर्न सकेका छैनौँ भन्ने बारेमा आयोगले
सोच्नुपर्ने बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved