डेंगुबाट मृत्यु हुनेको संख्या ५५ पुग्यो

नेपालभ्युज

डेंगुबाट मृत्यु हुनेको संख्या ५५ पुग्यो
सांकेतिक तश्वीर

काठमाडौं। पछिल्लो २४ घण्टामा डेंगु संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । योसँगै डेंगुबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ । यस्तै, डेंगु संक्रमितको संख्या ५० हजार २५३ पुगेको छ । डेंगु ७७ वटै जिल्लामा फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’प्रजातिको लामखुट्टेले फूल पार्दछ र ती फूलबाट लार्भा निस्कन्छ र त्यहीं लार्भा वयस्क भएपछि टोकेर डेंगुको रोग लाग्ने गरेको विज्ञहरू बताउँछन्।

पछिल्लो समय लामखुट्टेको टोकाइबाट लाग्ने रोग डेंगुका बिरामी बढ्दै गएपछि काठमाडौं महानगरकाले ‘लार्भा खोज र नष्ट गर’अभियान सञ्चालन गरेको थियो । डेंगुबाट सतर्क रहन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved