जबराविरुद्ध महाअभियोगको निर्क्योल कांग्रेसले गर्नुपर्छ : शम्भु थापा

नेपालभ्युज

जबराविरुद्ध महाअभियोगको निर्क्योल कांग्रेसले गर्नुपर्छ  : शम्भु थापा

काठमाडौं। वरिष्ठ अधिवक्ता शम्भु थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग प्रस्ताव कांग्रेसले नै टुंगोमा पुर्‍याउनुपर्ने बताएका छन् ।

काठमाडौंमा सोमबार भएको कार्यक्रममा उनले महाअभियोगलाई किनारा लगाउन कांग्रेसका सांसदहरू अग्रसर हुनुपर्ने बताएका हुन् । उनी भन्छन् ‘नेपाली कांग्रेसका सांसदहरूले महाअभियोगको मुद्दा बोक्नुभएको छ यसलाई निर्क्योल कांग्रेसले नै गर्नुपर्‍यो ।

भोट जतिआए पनि यसलाई किनारा लगाउनै पर्छ । कांग्रेसको मत पुगेन भने प्रयासत गरेको हो भन्ने त हुन्छ । महाअभियोग कुनै खेल ठट्टा होइन यसलाई निर्क्योल गर्नुपर्छ ’ उनले सांसदको कार्यकाल मात्र सकिएको स्पष्ट पार्दै आगामी संसदमा यसको छिनोफानो गर्नुपर्ने बताए ।

‘महाअभियोग कहिल्यै मर्दैन भन्ने अन्तर्राष्ट्रिय अभ्यास छ, तर यहाँ त संसदको कार्यकाल सकियो महाअभियोग मर्‍यो भन्छन्, संसद्को कार्यकाल सकिँदैमा त्यो भ्रष्टाचार सेतो भयो ?’ उनले कानुनको पालना गर्न दलहरूलाई सचेत हुन आग्रह गरेका छन् ।

फरक प्रसंगमा नेपालको संविधानले निर्दलीय व्यवस्था कल्पना नगरेकाले दलीय व्यवस्थालाई सुदृढ गर्नुपर्ने बताए । उनले इतिहास, आन्दोलन र संघर्ष बुझेका उमेदवारलाई जिताउन नागरिकलाई आग्रह गरेका छ्न्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved