एस्टन भिल्लासँग हार्यो युनाइटेड,  लिभरपुलले टोटनहमलाई हरायो

नेपालभ्युज

एस्टन भिल्लासँग हार्यो युनाइटेड,  लिभरपुलले टोटनहमलाई हरायो

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड एस्टन भिल्लासँग स्तब्ध भएको छ । आइतबार राति भएको खेलमा एस्टन भिल्लाले युनाईटेडलाई ३-१ गोल अन्तरले हराएको हो ।

भिल्लाका लियोन बेलीले सातौं मिनेटमा र ११ औं मिनेटमा लुकास डिग्नेले गोल गरे ।  खेलको ४५ औं मिनेटमा एस्टनका जाकोब रामसेले आत्मघाती गोल गरेपछि युनाईटेडले खेल २-१ को स्थितिमा ल्यायो । तर आत्मघाती गोल गरेको चार मिनेटमै जाकोबले गोल गर्दै एस्टनलाई ३-१ को जित दिलाए। एस्टन भिल्ला १४ खेलमा १५ अंक सहित १३ औं स्थानमा रहेको छ । युनाईटेड २३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

अर्को खेलमा लिभरपुलले टोटनमहलाई हरायो । लिभरपुलले टोटेनहमको मैदानमा २-१ को जित निकाल्यो ।  डार्विन न्युनेजको पासलाई पेनाल्टी क्षेत्र भित्रबाट सहजै गोल गरे । ४० औं मिनेटमा सलाहले अग्रता दोब्बर पारे ।

७० औं मिनेटमा ह्यारी केनले गोल गर्दै गोल गरेपनि जितको लागि पर्याप्त भएन । लिभरपुल १९ अंकसहित आठौं स्थानमा पुगेको छ । चौथो स्थानमा रहेको टोटेनहमको १४ खेलमा २६ अंक छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved