सूर्यकुमारको विस्फोटक ब्याटिङमा जिम्बावेलाई १८७ रनको लक्ष्य

नेपालभ्युज

सूर्यकुमारको विस्फोटक ब्याटिङमा जिम्बावेलाई १८७ रनको लक्ष्य

काठमाडौं। टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा अहिले भारत र जिम्बावेबीच प्रतिस्पर्धा भइरहेको छ। अस्ट्रेलियाको मेल्बर्नमा जारी खेलमा भारतले जिम्बावेलाई १८७ रनको लक्ष्य दिएको छ।

भारतले ५ विकेट गुमाएर १८६ रन बनायो। उसका लागि सूर्यकुमार यादवले अविजित ६१ रन बनाए भने अक्सर पटेल शून्य रनमा अविजित रहे।

सूर्यकुमारले २५ बलमा ६ चौका र ४ छक्का हान्दै ६१ रनको योगदान गरे। साथै, सूर्यकुमारले टी-२० क्रिकेटमा १००० रनभन्दा बढीको आँकडा पूरा गरेका छन्।

जिम्बावेका लागि सेन विलियम्सले २ र सिकन्दर रजाले १ विकेट लिए। यस खेलले समूह २ को विजेता र उपविजेता पनि निर्धारण गर्नेछ।

जवाफी ब्याटिङमा उत्रिएको जिम्बावेले २ ओभरको खेल चलिरहँदा १ विकेटको क्षतिमा दुई रन बनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved