बंगलादेशलाई पराजित गर्दै पाकिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा

जितसँगै २ अङ्क जोडेको पाकिस्तान समूह २ को शीर्ष स्थानमा उक्लिएको छ । बिहान भएको खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको दक्षिण अफ्रिका तेस्रो स्थानमा झरेको छ ।  भारत एक खेल अगाव नै सेमिफाइनलमा पुगिसकेको छ ।

नेपालभ्युज

बंगलादेशलाई पराजित गर्दै पाकिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा

काठमाडौं। पाकिस्तान टी–२० विश्वकप क्रिकेटको  सेमिफाइनलमा पुगेको छ। अस्ट्रेलियाको एडिलेडमा आइतबार भएको खेलमा पाकिस्तानले बंगलादेशलाई ५ विकेटले पराजित गरेको हो। यससँगै बंगलादेशको विश्वकप यात्रा समाप्त भएको छ ।

जितसँगै २ अंक जोडेको पाकिस्तान समूह २ को शीर्ष स्थानमा उक्लिएको छ । बिहान भएको खेलमा नेदरल्यान्डससँग पराजित भएको दक्षिण अफ्रिका तेस्रो स्थानमा झरेको छ ।  भारत एक खेल अगाव नै सेमिफाइनलमा पुगिसकेको छ ।

१२८ रनको लक्ष्य पछयाएको पाकिस्तानले १८.१ ओभरमा ५ विकेट गुमाएर भेटायो । पाकिस्तानका लागि मोहम्मद रिजवानले ३२ र मोहम्मद हरिसले ३१ रन बनाए । बंगलादेशका लागि नसुम अहमद र शकिब अल हसनले १–१ विकेट लिए ।

पहिले ब्याटिङ गरेको बङगलादेशले ८ विकेट गुमाएर १२७ रन बनायो । बंगलादेशका लागि नजमुल हुसेन शान्तोले ५४ र अफिफ हुसेनले अविजित २४ रन बनाए। पाकिस्तानका लागि शाहीन शाह अफ्रिदीले ४ र सादाब खानले २ विकेट लिए ।

सुपर १२ को अन्तिम खेलमा भारत र जिम्बावे प्रतिस्पर्धा गर्नेछन् । सोहि खेलले समूह २ को विजेता र उपविजेता पनि निर्धारण गर्नेछ। यसअघि नै समूह १ बाट भने न्युजिल्यान्ड विजेता र इङ्ल्यान्ड उपविजेता रहँदै सेमिफाइनल पुगिसकेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved