२१ जना कामदार मृत भेटिए

नेपालभ्युज

२१ जना कामदार मृत भेटिए

जोहानेसबर्ग । जोहानेसबर्गको क्रुगर्सडर्प रहेका खानीहरूमा २१ जना कामदारहरू मृत फेला परेको प्रहरीले बिहीबार जनाएको छ ।

बुधबार १९ जनाको मृत्यु भएको सामचार सार्वजनिक भएकामा प्रहरीको खोजी र उद्धार टोलीले थप दुई शव फेला पारेपछि मृत्यु हुनेको सङ्ख्या आज २१ पुगेको छ ।

हिजो अन्य शव फेला परेको ठाउँबाट बिहीबार बिहान खुल्ला खानीबाट दुई जनालाई निकालिएको छ, प्रहरी प्रवक्ता ब्रेन्डा मुरिडिलीले बताएका छन् । क्रुगर्सडर्पका विभिन्न खानीमा १९ जनाको शव फेला परेको जानकारी प्रहरीले बुधबार जानकारी दिएको थियो ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved