दक्षिण अफ्रिकालाई हराएपछि पाकिस्तानको सेमिफाइनल सम्भावना कायमै

यो जितपछि पाकिस्तानको ४ अंक भएको छ । र उ तेस्रो स्थानमा उक्लिएको छ । एक खेल बाँकी रहँदा उसको सेमिफाइनल पुग्ने सम्भावना कायमै छ ।

नेपालभ्युज

दक्षिण अफ्रिकालाई हराएपछि पाकिस्तानको सेमिफाइनल सम्भावना कायमै

काठमाडौं। टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानले दक्षिण अफ्रिकालाई पराजित गरेको छ । वर्षाले प्रभावित खेलमा पाकिस्तानले ३३ रनको जित निकालेको हो ।

यो जितपछि पाकिस्तानको ४ अंक भएको छ । र उ तेस्रो स्थानमा उक्लिएको छ । एक खेल बाँकी रहँदा उसको सेमिफाइनल पुग्ने सम्भावना कायमै छ । समूह २ मा भारत ६ अंक सहित शीर्ष स्थानमा छ भने दक्षिण अफ्रिका पाँच अंकसहित दोस्रो स्थानमा छ ।

अब अन्तिम खेलले नै यो समूहबाट सेमिफाइनल पुग्ने टोली तय हुनेछ । पाकिस्तानले बंगलादेश र दक्षिण अफ्रिकाले नेदरल्याण्डसँग खेल्न बाँकी छ । भारत र जिम्बावेबीचको खेल पनि यसमा महत्वपूर्ण हुनेछ ।

अष्ट्रेलियाको सिड्नी क्रिकेट मैदानमा बिहीबार पहिले ब्याटिङ गर्दै पाकिस्तानले ९ विकेट गुमाएर १८५ रन बनाएको थियो । लक्ष्य पछयाउँदै दक्षिण अफ्रिकाले ९ ओभरमा ४ विकेट गुमाएर ६९ रन बनाउँदा पानी परेपछि खेल १४ ओभरमा घटाइएको थियो । त्यसपछि दक्षिण अफ्रिकाले १४२ रनको लक्ष्य पाएको थियो ।

तर उसले निर्धारित ओभरमा ९ विकेट गुमाएर १०९ रन मात्रै बनाउन सक्यो । पाकिस्तानका लागि शाहीन शाह अफ्रिदीले ३ र शादब खानले २ विकेट लिए ।

त्यसअघि शादब खानले ५२ र इफ्तिखार अहमदले ५१ रन बनाएपछि पाकिस्तानले गतिलो स्कोर खडा गरेको थियो । शादबले २० बलमा ३ चौका र ४ छक्कासहित विष्फोटक ब्याटिङ गरे ।

दक्षिण अफ्रिकाका लागि एनरिच नोर्कियाले ४ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved