च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडको इतिहासकै खराब प्रदर्शन

नेपालभ्युज

च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडको इतिहासकै खराब प्रदर्शन

काठमाडौं। युरोपेली च्याम्पियन्स लिगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडले इतिहासकै खराब प्रदर्शन गरेको छ । समूह चरणको अन्तिम खेलमा पराजित भएपछि एटलेटिको म्याड्रिड अंक तालिकाको पुछारमा रहँदै यस सिजन युरोपबाट नै बाहिरिएको छ ।

च्याम्पियन्स लिग इतिहासमा एट्लेटिकोले पहिलो पटक समूहको पुछारमा रहेर यात्रा समाप्त गरेको हो । एफसी पोर्टोको मैदानमा २-१ को हार बेहोरेसँगै एटलेटिको अंक तालिकाको पुछारमा रहेको हो । समूहको अर्को खेलमा क्लब ब्रुग र बायर लेभरकुसनले गोलरहित बराबरी खेल्दा एटलेटिको पुछारमा नै रहन पुगेको हो ।

क्लब ब्रुग दोस्रो हुँदै अन्तिम १६ मा प्रवेश गर्यो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved