नेप्सेमा ५६.१० अंकको वृद्धि, अर्बमाथिको कारोबार

नेपालभ्युज

नेप्सेमा ५६.१० अंकको वृद्धि, अर्बमाथिको कारोबार

काठमाडौं। मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ५६.१० अंकले वृद्धि भएको छ । आज नेप्से सूचक ५६.१० अंकले बढ्दै १९३०.९७ अंकमा उक्लिएको हो ।

समग्रमा आज नेप्से सूचक झन्डै ३ प्रतिशत (२.९९ प्रतिशत) ले बढेको हो ।  उसो त नेप्से सूचकले हाफ सेन्चुरी क्रश गरेको बजारमा आज अर्ब माथिको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल १ अर्ब २९ करोड ६ लाख ६४ हजार रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ५९४ कित्ता सेयर कारोबार भएको छ ।

आज १३ वटै उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ५.५ प्रतिशतले बढेको छ भने अन्य समूहको ५.२८ प्रतिशतले, ट्रेडिङको ४.५६ प्रतिशतले, हाइड्रोपावर ४.३७ प्रतिशतले र इन्भेष्टमेन्ट समूहको उपसूचक ४.१७ प्रतिशतले बढेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved