भारतको अति प्रदुषित हावा आजदेखि नेपालमा, कुन सहरमा बढी जोखिम ?

भारतको पञ्जाव र हरियाणा राज्यमा धानको पराल डढाएको धुवाँबाट बनेको अति प्रदुषित हावा उत्तर भारतसम्म पुगेको र मङ्गलबारदेखि नेपालमा भित्रने मौसम तथा वातावरणविद्ले जनाएका छन् ।

नेपालभ्युज

भारतको अति प्रदुषित हावा आजदेखि नेपालमा, कुन सहरमा बढी जोखिम ?

काठमाडौं। भारतमा बनेको अति प्रदुषित हावा आज मङ्लबारदेखि नेपाल आउन थालेको छ । भारतको पञ्जाव र हरियाणा राज्यमा धानको पराल डढाएको धुवाँबाट बनेको अति प्रदुषित हावा उत्तर भारतसम्म पुगेको र मङ्गलबारदेखि नेपालमा भित्रने मौसम तथा वातावरणविद्ले जनाएका छन् ।

प्रदूषित हावा आज मंगलबार र भोली बुधार देशका विभिन्न सहरमा पुग्ने प्रक्षेपण गरिएको त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक एवं मौसम अनुसन्धानकर्ता विनोद पोखरेलले जानकारी दिए ।

यो हावा विशेषगरी नेपालगञ्ज, विराटनगर, बिरगञ्ज, पोखरा र काठमाडौंमा बढी सक्रिय हुने देखिएको पनि उनले जानकारी दिएका छन् । काठमाडौंमा अति प्रदुषित हावाको बढी असर बुधबारदेखि देखिन थाल्नेछ । प्रदुषित हावाले स्वास्थ्यमा पनि निकै असर गर्ने भएकाले सावधानी अपनाउन विज्ञले सुझाव दिएका छन् ।

भारतमा धान काटेर पराल जलाउनाले वर्षेनी प्रदुषित हावा फैलने गरेको छ । नेपालमा पनि कात्तिक मंसिरको समयमा धान काटेपछि पराल  डढाउने गर्नाले प्रदूषण फैलने गरेको छ ।  ५० एक्युआईसम्मको हावालाई गुणस्तरीय मानिन्छ । त्यो भन्दा धेरै भयो भने स्वास्थ्यका लागि खतरनाक हुन्छ । तर पछिल्ला केहि वर्ष काठमाडौंसहितका सहरमा एक्युआई दुई सयसम्म पुग्ने गरेको छ ।

काठमाडौं उपत्यका कचौरा आकारको भएकाले यहाँ हप्तौसम्म पनि प्रदूषित हावा फैलने गरेको छ भने तराईका भूभागमा पराल डढाउने, डढेलो, फोहोर जलाउने लगायतका कारणले पनि हावा प्रदूषित हुने गरेको छ । प्रदूषणका कारण श्वासप्रश्वासमा समस्या हुनुका साथै आँखा र नाक पोल्ने समस्या बढ्न सक्ने डाक्टरहरु बताउँछन् । गएको वर्ष पनि हिउँदको समयमा काठमाडौंसहित देशभर प्रदूषण बढेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved