अस्ट्रेलियाले आयरल्यान्डलाई ४२ रनले हरायो

नेपालभ्युज

अस्ट्रेलियाले आयरल्यान्डलाई ४२ रनले हरायो

काठमाडौं। आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा अस्ट्रेलियाले आयरल्यान्डमाथि ४२ रनको जित निकालेको छ । सोमबार ब्रिसवेनमा अस्ट्रेलियाले दिएको १८० रनको लक्ष्य आयरल्यान्डले १८ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १३७ रन बनायो ।

आयरल्यान्डका लागि लोर्कान टुकेरले ७१ रनको अर्धशतकीय पारी खेले । ४८ बल खेलेका उनले ९ चौका र १ छक्का प्रहार गरे । त्यस्तै ग्राथ डेलानीले १४ रनको योगदान गरे । अस्ट्रेलियाका लागि प्याट कमिन्स, ग्लेन म्याक्सवेल, मिचेल स्ट्राक र एदम जाम्पाले दुई–दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७९ रन बनाएको थियो । अस्ट्रेलियाका लागि एरोन फिन्चले ६३ रनको अर्धशतकीय पारी खेले । ४४ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे ।

त्यस्तै मार्कुस स्टोइनिसले ३५ रन बनाउँदा मिचेल स्ट्रार्कले २८ रन जोडे । योजिसँगै अस्ट्रेलियाले तीन चार खेलबाट ५ अंक जोडेर आफूलाई दोस्रो स्थानमा स्थापित गरेको छ । पराजित आयरल्यान्ड ३ अंक जोडेर तालिकाको चौथो स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved