सोमबार नेप्सेमा दोहोरो अंकको वृद्धि

नेपालभ्युज

सोमबार नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौं। तिहारपछिको पहिलो कारोबार भएको सोमबारको दिन सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । तिहार र छठमा १ साता बन्द भएको सेयर बजार सोमबारदेखि खुलेको हो ।

आज बजार परिसूचक नेप्से १६.३९ अंक (०.८८ प्रतिशत) ले वृद्धि भएर १८७४.८७ अंकमा बन्द भएको छ । ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने ‘सेन्सिटिभ इन्डेक्स’ ४.९३ अंकले वृद्धि भएर ३७०.८६ अंकमा बन्द भएको छ ।

नेप्सेसँगै विकास बैंक बाहेक सबै उपसूचकमा गिरावट भएको छ । प्रथम त्रैमासिक वित्तीय विवरणमा केही बैंकको नाफामा उल्लेख्य वृद्धि भएसँगै सेयर मूल्य पनि बढेको छ । जसले गर्दा बैंकिङ उपसूचक नै १.५२ प्रतिशतले बढेको छ । विकास बैंक उपसूचक भने ०.३९ प्रतिशतले गिरावट भएको छ ।

सोमबार बजार परिसूचक नेप्सेमा वृद्धि भएपनि कारोबार रकम भने खासै बढ्न सकेन । सोमबार नेप्सेमा २५ लाख ७४ हजार ९७५ कित्ता सेयर कारोबार हुँदा ६९ करोड ७३ लाख १८ हजारको कारोबार भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved