छठ पर्व – अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो, मधेशमा भोलि सार्वजनिक बिदा

छठ पर्वको अवसरमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ। व्रतालुहरूले जलाशयमा पुगेर अस्ताउँदो सूर्यको आराधना गरेका छन्। छठमा सूर्यदेवको उपासना गरिन्छ। मधेश प्रदेशको राजधानी जनकपुरधामका गंगासागर‚ धनुष सागर लगायत नदी/खोला किनार र पोखरीमा व्रतालुहरूले सूर्यलाई अर्घ्य दिएका छन्।

नेपालभ्युज

छठ पर्व – अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो, मधेशमा भोलि सार्वजनिक बिदा

जनकपुरधाम। छठ पर्वको अवसरमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ। व्रतालुहरूले जलाशयमा पुगेर अस्ताउँदो सूर्यको आराधना गरेका छन्। छठमा सूर्यदेवको उपासना गरिन्छ। मधेश प्रदेशको राजधानी जनकपुरधामका गंगासागर‚ धनुष सागर लगायत नदी/खोला किनार र पोखरीमा व्रतालुहरूले सूर्यलाई अर्घ्य दिएका छन्।

निर्जल र निराहार व्रत बसेका व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन्। अर्घ दिँदै गर्दा व्रतालुहरूले सूर्यलाई आफ्नो मनोकाङ्क्षा सुनाउँछन् र पूरा गरिदिन आग्रह गर्छन्।

यस दिनलार्ई ‘सौँझकारक’ पनि भनिन्छ। भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत् सम्पन्न हुनेछ।

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

मधेश प्रदेश सरकारले छठ पर्वको अवसरमा छठको अन्तिम दिन सार्वजनिक बिदा दिएको छ। संघ सरकारले छठको तेस्रो दिन अर्थात् अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिने दिन बिदा मात्र दिएपछि प्रदेश सरकारले छठको अन्तिम दिन पारन दिन समेत प्रदेशमा बिदा दिने निर्णय गरेको छ।

मुख्यमन्त्री लालबाबु राउतले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेशमा सोमबार सार्वजनिक बिदा रहेको जानकारी दिएका छन्।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved