पाकिस्तानले नेदरल्याण्ड्सलाई ६ विकेटले हरायो, सेमिफाइनलको आशा जिवितै

नेपालभ्युज

पाकिस्तानले नेदरल्याण्ड्सलाई ६ विकेटले हरायो, सेमिफाइनलको आशा जिवितै

काठमाडौं । टी-२० विश्वकप क्रिकेटमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ६ विकेटले हराएको छ । अष्ट्रेलियाको पर्थमा नेदरल्याण्ड्सले दिएको ९२ रनको सामान्य लक्ष्य पाकिस्तानले १३ ओभर पाँच बलमा चार विकेट गुमाएर भेटायो ।

उसका  लागि मोहम्मद रिजवानले ४९ र फखर जमानले २० रन बनाए । नेदरल्याण्ड्सका ब्रान्डन ग्लोवरले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा नौ विकेट गुमाएर ९१ रन बनाएको थियो  उसका लागि कोलिन एकरम्यानले सबैभन्दा धेरै २७ रन बनाए । बलिङतर्फ पाकिस्तानका शदाब खाँनले तीन विकेट लिए ।

जीतसँगै पाकिस्तानले तीन खेलमा बल्ल खाता खोलेको छ । पाकिस्तान दुई अंकसहित पाँचौ स्थानमा कायमै छ । यो जितले सेमिफाइनलमा पुग्ने गणितीय सम्भावना पनि बाँकी नै रहेको छ । नेदरल्याण्ड्सले खाता नै खोल्न सकेको छैन । यो समूहमा भारत शीर्ष स्थानमा छ भने बंगलादेश दोस्रो, दक्षिण अफ्रिका तेस्रो र जिम्बावे चौथो स्थानमा रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved