कांग्रेसको घोषणापत्र सार्वजनिक

नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि तयार गरेको संकल्पपत्र (घोषणापत्र) सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्री शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गरेका हुन्।

नेपालभ्युज

कांग्रेसको घोषणापत्र सार्वजनिक

काठमाडौं। नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि तयार गरेको संकल्पपत्र (घोषणापत्र) सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्री शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गरेका हुन्।

प्रधानमन्त्री देउवा, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मालगायत शीर्ष नेताहरूको उपस्थितिमा घोषणापत्र सार्वजनिक भएको छ।
महामन्त्री शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरिएको थियो।

घोषणापत्रलाई अर्थविद् स्वर्णिम वाग्ले नेतृत्वको मस्यौदा उपसमितिले तयार गरेको छ। कांग्रेसको घोषणापत्रका लागि वाग्ले, योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोखरेल, राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले, युवा राजनीतिक विश्लेषक शंकर तिवारी, महामन्त्री थापाका राजनीतिक सल्लाहकार प्रताप पौडेललगायतले तयार गरेका हुन्।

यसअघि, ७ कात्तिक सार्वजनिक गर्ने भनिएको उक्त घोषणापत्र कार्यक्रम स्थगित गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved