विश्वकप क्रिकेट : दक्षिण अफ्रिकासँग बंगलादेश फराकिलो अन्तरले पराजित

नेपालभ्युज

विश्वकप  क्रिकेट : दक्षिण अफ्रिकासँग बंगलादेश फराकिलो अन्तरले पराजित

काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बंगलादेशलाई फराकिलो अन्तरले पराजित गरेको छ । सिड्नीमा बिहीबार दक्षिण अफ्रिकाले बंगलादेशलाई १ सय ४ रनले हराएको हो ।

२ सय ६ रनको लक्ष्य पछ्याएको बंगलादेश १६ ओभर ३ बलमा अलआउट हुँदै १ सय १ रनमा सीमित भयो । लिटोन दासले सर्वाधिक ३४ रन जोडे ।

दक्षिण अफ्रिकाका एन्रीच नोर्कियाले ४ तथा ताब्रेज शम्सीले ३ विकेट लिए ।

पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले रिली रस्सोले शतक मद्दतले ५ विकेट गुमाएर २ सय ५ रन जोडेको थियो । रस्सोले १ सय ९ रन बनाए भने क्विन्टन डी ककले ६३ रनको योगदान गरे । समूह २ को दक्षिण अफ्रिकाले २ खेलबाट ३ अंक जोडेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved