म्यान्मा हमालाप्रति राष्ट्रसङघको गम्भीर चिन्ता

नेपालभ्युज

म्यान्मा हमालाप्रति राष्ट्रसङघको गम्भीर चिन्ता

नेपिट। संयुक्त राष्ट्रसङघले म्यान्माको काचिन राज्यको हपाकान्तमा भएको घातक हवाई हमलाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । उक्त हमलामा कैयौँ निर्दोष मारिएका थिए ।

म्यान्माको सेनाले आइतबार देशको उत्तरी भागमा अवस्थित काचिन राज्यको हपाकान्तको एउटा गाउँ नजिक भएको साङ्गीतिक कार्यक्रममा हवाई हमला गरेको थियो । देशको प्रमुख जातीय विद्रोही समूह काचिन स्वतन्त्रता सङ्गठनको ६२ औँ वार्षिकोत्सवको सन्दर्भमा साङ्गीतिक कार्यक्रम आयोजना गरिएको थियो ।

प्रारम्भिक विवरणअनुसार कार्यक्रमस्थलमा सेनाले गरेको हमलामा एक सय जनाभन्दा बढी प्रभावित भएका तथा कैयौँको मृत्यु भएको छ । म्यान्मास्थित राष्ट्रसङ्घीय कार्यालयले हमालबारे प्राप्त विवरणहरू पुष्टि गर्ने प्रयासलाई जारी राखेको जनाउँदै मारिएका तथा घाइते भएका सबैका परिवार र साथीहरूप्रति गहिरो समवेदना प्रकट गरेको छ । निःशस्त्र नागरिकविरुद्ध सुरक्षा बलले गरेको कारबाहीप्रति उक्त कार्यालयले असन्तुष्टि जनाउँदै त्यसलाई अस्वीकार्य भनेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved