एमालेको घोषणापत्र तिहारपछि

नेपालभ्युज

काठमाडौं । नेकपा एमालेले आगामी ४ मंसिरमा हुने  प्रतिनिधि र प्रदेशसभा चुनावको घोषणापत्र तिहारपछि सार्वजनिक गर्ने भएको छ ।

घोषणापत्रमा प्राप्त सुझावहरु अध्ययनका क्रममा रहेको एमालेका केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए ।

अधिकारीले भने ‘धेरै सुझावहरु आएका छन्, प्राप्त सुझावहरुको अध्ययन हुँदैछ । सुझावहरु समेतलाई समेटेर अन्तिम रुप दिन केही दिन लाग्ने भएकाले तिहार लगत्तै सार्वजनिक गर्ने तयारी गरिएको हो । ’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved