सीता दाहालको स्वास्थ्यमा सुधार

नेपालभ्युज

सीता दाहालको स्वास्थ्यमा सुधार
फाइल तश्वीर

काठमाडौं । ललितपुरको मेडिसीटी अस्पताल भर्ना भएकी सीता दाहालको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी दाहालको स्वास्थ्यमा समस्या आएपछि गत बुधबार अस्पताल भर्ना गरिएको थियो ।

उनको हाल आइसीयूमा उपचार भइरहेको छ । उनको स्वास्थ्यमा सुधार हुँदै गएपछि २–३ दिनमा डिस्चार्ज हुने अस्पतालले बताएको छ ।

मधुमेह र उच्च रक्तचापबाट समेत पीडित रहेकी सीता लामो समयदेखि पार्किन्सन जस्तै लक्षण भएको प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट  ग्रसित छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved