वेस्ट इन्डिज विश्वकप क्रिकेटबाट बाहिरियो, आयरल्याण्ड सुपर-१२ मा

टि-२० विश्वकपमा उथलपुथल, आयरल्याण्डसँग क्यारेवियन टोली स्तब्ध

टी-२० विश्वकप क्रिकेटमा टेष्ट राष्ट्र वेस्ट इन्डिज पहिलो चरणबाटै बाहिरिएको छ । पछिल्लो खेलमा शुक्रबार आयरल्याण्डसँग पराजित भएपछि क्यारेबियन टोली सुपर-१२ मा पुग्न असफल भएको हो । उसले ३ मध्ये दुई खेल मात्रै जित्न सक्यो । आयरल्याण्ड भने सुपर-१२ मा पुगेको छ ।

नेपालभ्युज

वेस्ट इन्डिज विश्वकप क्रिकेटबाट बाहिरियो, आयरल्याण्ड सुपर-१२ मा

काठमाडौं । टी-२० विश्वकप क्रिकेटमा टेष्ट राष्ट्र वेस्ट इन्डिज पहिलो चरणबाटै बाहिरिएको छ । पछिल्लो खेलमा शुक्रबार आयरल्याण्डसँग पराजित भएपछि क्यारेबियन टोली सुपर-१२ मा पुग्न असफल भएको हो । उसले ३ मध्ये दुई खेल मात्रै जित्न सक्यो ।

केहीबेरअघि सम्पन्न खेलमा वेस्ट इन्डिजलाई हराउँदै आयरल्याण्ड भने सुपर-१२ मा पुगेको छ । यो समूह ‘बी’ मा सबै टोलीको २-२ अंक थियो । आयरल्याण्ड ३ मध्ये दुई खेल जितेर सुपर-१२ मा पुग्दा वेस्ट इन्डिज भने स्तब्ध भएको छ ।

स्कटल्याण्ड र जिम्बाबे बीचको विजेता टोली पनि सुपर-१२ मा पुग्नेछ । यी दुई टोलीबीच शुक्रबार नै प्रतिस्पर्धा हुँदैछ ।

अष्ट्रेलियाको होवर्टमा १४७ रनको लक्ष्य आयरल्याण्डले १७ औं ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्‍यो । ९ विकेटको शानदार जित निकाल्ने क्रममा उसका लागि ओपनर पौल स्टर्लिङले नटआउट ६६ रन जोडे । लोर्कन टकरले नटआउट ४५ रन बनाउँदा  एन्ड्रयू बालबर्नी ३७ रनमा आउट भए । 

टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले पाँच विकेट गुमाएर १४६ रन बनाएको थियो । ब्रेन्डन किङ्ले ६२ रन बनाए पनि टिमको हार टार्न भने सकेनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved