भुवन केसीले सुपर डान्सर नेपालको निर्णायकको भूमिका छाडेकै हुन् त?

एक सफल अभिनेता, कुशल निर्देशक, अनि अभिभावकको हिसाबले उनी यति ठूलो शो सुपर डान्सर नेपालको सुपर जजजस्तो जिम्मेवारी छोडेर अचानक गायब हुनुलाई सिनेक्षेत्रमा अर्थपूर्ण रूपमा हेरिएको छ। तर, भूवन आफैँले शो छाडेका हुन् वा केही करणवश उनी शोमा उपस्थित हुन सकेका हुन्, यो भने अर्काे श्रृखलामा थाहा होला।

नेपालभ्युज

भुवन केसीले सुपर डान्सर नेपालको निर्णायकको भूमिका छाडेकै हुन् त?

काठमाडौं। नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो डान्स रियालिटी शो ‘सुपर डान्सर नेपाल’को सुपर जजमा रहेका अभिनेता अचानक जजको कुर्सीमा हप्ता सेटमा देखिएनन्। उक्त कार्यक्रममा उनी नदेखिनुले सिने पत्रकार र सिनेक्षेत्रको एउटा वृत्तमा गाईंगुईं चल्न थालेको छ कि, भुवन केसीले सुपर डान्सर नेपाल छाडेका हुन्। अब उनी त्यो कुर्सीमा देखिँदैनन् त?

एक सफल अभिनेता, कुशल निर्देशक, अनि अभिभावकको हिसाबले उनी यति ठूलो शो सुपर डान्सर नेपालको सुपर जजजस्तो जिम्मेवारी छोडेर अचानक गायब हुनुलाई सिनेक्षेत्रमा अर्थपूर्ण रूपमा हेरिएको छ। तर, भूवन आफैँले शो छाडेका हुन् वा केही करणवश उनी शोमा उपस्थित हुन सकेका हुन्, यो भने अर्काे श्रृखलामा थाहा होला।

अभिनेता केसीले सुपर डान्सर नेपालको सुपर जज बनेलगत्तै नेपाली सिनेमा क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डको अध्यक्ष हुने मौकासमेत पाए। आफ्नो जीवनमै पहिलोपटक निर्णायकको भूमिकामा देखिएका उनलाई सुपर डान्सर नेपालमा आएदेखि नै लक लागेको रमाइलो हल्ला बजारमा सुनिएको थियो। यस हल्लालाई बोर्ड अध्यक्ष हुनुले पनि बल पुर्‍याएको थियो।

रियल मि प्रेजेन्ट्स सुपर डान्सर नेपाल पावर्ड बाई डिसहोम फाइबर नेट एन्ड टीभीएस एनटर्कको २० एपिसोडसम्म सफलताका साथ कान्तिपुर टीभी अनि ओएसआर रियालिटी युट्युबमा प्रसारण भइरहँदा केसी अचानक जजको कुर्सीमा हप्ता सेटमा देखिएनन्। बरु उनको स्थानमा केही अन्य गेस्ट जजहरू देखिए।

उनको स्थानमा अन्य गेस्ट जजहरू देखिनुले सिने पत्रकार अनि सिनेक्षेत्रको एउटा वृत्तमा केसीले सुपर डान्सर नेपाल छाडेको र अब उनी त्यो कुर्सीमा नदेखिने हल्ला पनि चल्यो । कुनै अर्कै कार्यक्रमका लागि उनी विदेश गएकाले अब उनी सुपर डान्सर नेपालमा नदेखिने सो कार्यक्रमको सुटिङ सेटवरिपरि सुनिएको समेत नाम नखुलाउने सर्तमा सोही युनिटका एक प्राविधिकले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved