हर्डल्स र रग्बीमा आर्मीलाई दुई र एपीएफलाई एक स्वर्ण

नेपालभ्युज

हर्डल्स र रग्बीमा आर्मीलाई दुई र एपीएफलाई एक स्वर्ण

काठमाडौं। नवौं राष्ट्रिय खेलकुद अन्तर्गत त्रिभुवन आर्मी क्लबका रामप्रसाद थारूले चारसय मिटर हर्डल्समा स्वर्ण पदक जितेका छन्।

पोखरा रंगाशालाको ट्याकमा बुधबार बिहान सम्पन्न दौडमा निर्धारित दुरी ५३.५३ सेकेन्डमा पुरा गर्दै रामले स्वर्ण जितेका हुन्। यस्तै, आर्मीकै जिवन चौधरीले निर्धारित दुरी ५३.८९ सेकेन्डमा पुरा गर्दै रजत पदक जिते।

एपीएफका निरप्रताप महत्तो कांस्य पदक जिते। महिला तर्फको चारसय मिटर हर्डल्सको स्वर्ण यसअघिनै आर्मीकै जयरानी थारूले जितीसकेकी छिन्।

यस्तै रग्बीमा एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेका छन्। लेखनाथस्थित भण्डारढिक खेल मैदानमा पुरुषतर्फ एपीएफ र महिलामा आर्मीले स्वर्ण जितेका हुन्।

पुरुषको फाइनलमा एपीएफले लुम्बिनीलाई १०-७ ले हराएर स्वर्ण जितेको हो। पुरुषमा कास्य पदक गण्डकीले जितेको छ। गण्डकीले आर्मीलाई १०-५ ले हरायो।

महिलामा स्वर्ण पदक जित्ने क्रममा आर्मीले एपीएफलाई १०-० ले पाखा लगायो। महिलामा कास्य पदक सुदूरपश्चिमले जितेको छ। सुदुरले मधेशलाई ५-० ले हराएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved