डडेलधुरामा बीपी कांग्रेससँगको तालमेल तोड्नू : नेकपा एकीकृत समाजवादी

नेपालभ्युज

डडेलधुरामा बीपी कांग्रेससँगको तालमेल तोड्नू :  नेकपा एकीकृत समाजवादी
फाइल फोटो

काठमाडौं । नेकपा एकीकृत समाजवादीले बीपी कांग्रेससँग गरेको तालमेल तोड्न डडेलधुरा कमिटीलाई निर्देशन दिएको छ । पार्टी महासचिव  वेदुराम भुसालले मंगलबार एक विज्ञप्ति जारी गर्दे केन्द्रमा भएको सहमति विपरीत डडेलधुरा प्रदेश सभा (ख) मा डा. ताराप्रसाद जोशीको उम्मेदवारी निष्क्रिय बनाउन निर्देशन दिएका हुन् ।

जिल्ला कमिटीले बीपी कांग्रेससँग गरेको  तालमेल अनुसार एकीकृत समाजवादीले प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएका कांग्रेस बीपीका कर्ण मल्ललाई र प्रदेशसभा (ख) मा बीपी कांग्रेसले जोशीलाई सघाउनुपर्ने छ ।

एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले  २४ घण्टाभित्र उम्मेदवारी निष्क्रिय बनाउन केन्द्रीय सदस्य जोशीलाई र पार्टी निर्णय विपरीत काम नगर्न जिल्ला अध्यक्ष कविन्द्र विष्टलाई निर्देशन दिएका छन् । सो निर्देशन पालना नगरेमा उनिहरुलाई स्वत: पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिने भुसालले विज्ञप्तिमार्फत जानकारी दिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved