नेतालाई भोट माग्ने हतारो, किसानलाई धान भित्र्याउने चटारो (तस्वीरहरू)

देशभरका गाउँ शहरमा चुनावको बहस, चर्चा एवम् परिचर्चा हुन थालेको छ। तर आफ्नो दुःख आफैँसँग भनेझैँ किसानलाई भने वर्ष दिनलाई पुग्ने खाना थन्क्याउने कार्यले व्यस्त बनाएको छ। घरमा मतदाता नभेटिएपछि भोट माग्दै हिँडेका कतिपय उम्मेदवारहरू खेतबारीमै पुगिरहेका छन्। किसानलाई धान काट्ने चटारो परेको छ।

नेतालाई भोट माग्ने हतारो, किसानलाई धान भित्र्याउने चटारो (तस्वीरहरू)

काठमाडौं। ठूलो पर्व दशैं सकिएलगत्तै तिहारको रौनकले छोएको छ। देशभर निर्वाचनको सरगर्मी बढेको छ। देशभरका गाउँ-सहरमा चुनावको बहस, चर्चा एवम् परिचर्चा हुन थालेको छ। तर, आफ्नो दुःख आफैँसँग भनेझैँ किसानलाई भने वर्ष दिनलाई पुग्ने खाना थन्क्याउने कार्यले व्यस्त बनाएको छ।

घरमा मतदाता नभेटिएपछि भोट माग्दै हिँडेका कतिपय उम्मेदवारहरू खेतबारीमै पुगिरहेका छन्।

असारमा रोपेको धानको बाला लहलहाउँदो भई काट्न ठिक्क परेपछि किसानलाई धान काट्ने चटारो परेको छ। यसैबीच ललितपुरमा पनि धान काट्न थालिएको छ।

किसानले अहिले धमाधम काटेर भित्र्याउन थालेका छन्। पछिल्लो समय कृषि कर्मका लागि श्रमिक नपाइरहेको अवस्थामा केही ठाउँमा अत्याधुनिक मेसिन पनि भित्रिएको छ। जसले किसानलाई बाली भित्र्याउन अथवा अन्य बाली लगाउन सजिलो भएको छ।

हेरौँ केही तस्वीरहरू


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved