पवित्र उद्देश्यका साथ गठबन्धन गरेका हौं : अध्यक्ष नेपाल

नेपालभ्युज

पवित्र उद्देश्यका साथ गठबन्धन गरेका हौं : अध्यक्ष नेपाल
फाइल तस्वीर

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पवित्र उद्देश्यका साथ आफूहरूले गठबन्धन गरेकाे बताएका छन् । मंगलबार ललितपुरमा आयाेजित कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै अध्यक्ष नेपालले यस्ताे बताएका हुन् । ‘हामीले पवित्र उद्देश्यका साथ गठबन्धन गरेका हाैँ, लाेकतन्त्र जाेगाउनका लागि याे भएकाे छ । संघीयता दह्राे बनाउनका लागि भएकाे छ,’ उनले भनेका छन् ।

यस्तै उनले गठबन्धनले जनचाहना पूरा गर्ने दाबी पनि गरे । उनले थपे, ‘गणतन्त्र मास्ने अभियान चलेकाे थियाे केही समयअगाडि । हामीले त्यसबाट देशलाई बचायाैँ । अब यसलाई संस्थागत गर्नेछाैँ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved