भारोत्तोलनको पहिलो स्वर्ण नेपाल पुलिसलाई

नेपालभ्युज

भारोत्तोलनको पहिलो स्वर्ण नेपाल पुलिसलाई

काठमाडौं। नवौं राष्ट्रिय खेलकुदमा भारोत्तोलनमा पहिलो स्वर्ण नेपाल पुलिसले जितेको छ ।

आइतबार भएको प्रतियोगिताको महिला तर्फ हिरामोती थारूले पुलिसको पोल्टामा पहिलो स्वर्ण जिताइन्।

हिरामोतीले क्लिन एण्ड जर्कमा ६५ र स्न्याचतर्फ ५० गरी कुल ११५ केजी तौल उठाउँदै स्वर्ण जितिन्।

एपीएफकी लीला राईले क्लिन एण्ड जर्कमा ५३ र स्न्याचमा ४० गरी कुल ९३ केजी उठाउँदै रजत पदक प्राप्त गरिन् ।

मधेश प्रदेशकी अम्बिकाकुमारी यादवले क्लिन एण्ड जर्कमा ४० र स्न्याचतर्फ ३५ गरी कुल ७५ केजी उठाउँदै कास्य पदक जितिन् । 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved