प्रिमियर लिग : टोटनहमले एभर्टनलाई दुई गोलले हरायो

नेपालभ्युज

प्रिमियर लिग : टोटनहमले एभर्टनलाई दुई गोलले हरायो

काठमाडौं।  इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले एभर्टनलाई हराएको छ । गएराति भएको खेलमा  टोटनहमले एभर्टनलाई दुई गोलले हरायो ।

टोटनह्यामको जितमा ह्यारी केन र पिएरे इमिलले एक/एक गोल गरे । खेलको ५९औँ मिनेटमा केनले पेनाल्टीबाट गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८६ औँ मिनेटमा इमिलले गोल गर्दै टोटनह्यामलाई २–० को सहज जित दिलाए ।

जितसँगै टोटनह्याम १० खेलमा २३ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । समान खेलमा एभर्टन १० अङ्क जोडेर १४औँ स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved