यी निर्वाचन क्षेत्रमा महिलाको उम्मेदवारी शून्य

नेपालभ्युज

यी निर्वाचन क्षेत्रमा महिलाको उम्मेदवारी शून्य

काठमाडौं। आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा महिला उम्मेदवारको उपस्थिति न्यून देखिएको छ । निर्वाचन आयोगका अनुसार १६५ निर्वाचन क्षेत्रको लागि हुने प्रतिनिधिसभा निर्वाचनमा ६१ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवारको संख्या शून्य रहेको छ ।

प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवारी दिने २ हजार ४१२ जनामध्ये २ हजार १८६ जना पुरुष र २२५ जना महिला रहेका छन् । अर्थात् कुल उम्मेदवारी दिनेमध्ये ९.३२ प्रतिशत संख्या मात्र महिलाको रहेको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार महिला उम्मेदवारको उपस्थिति १६५ क्षेत्रमध्ये ६१ वटामा शून्य र ४८ वटा निर्वाचन क्षेत्रमा मात्र एक–एक रहेको छ ।

प्रतिनिधिसभा तर्फको २६ वटा निर्वाचन क्षेत्रमा प्रत्येकमा दुई–दुई जना महिला उम्मेदवार रहेका छन् भने १३ वटा निर्वाचन क्षेत्र प्रत्येकमा तीन–तीन जना महिलाले उम्मेदवारी दिएको आयोगले जनाएको छ । यस्तै, आठवटा निर्वाचन क्षेत्रमा चार–चार जना, पाँचवटा निर्वाचन क्षेत्रमा पाँच–पाँच जना, दुईवटा निर्वाचन क्षेत्रमा ६–६ जना, एउटा निर्वाचन क्षेत्रमा ७ जना र एउटा निर्वाचन क्षेत्रमा १० जना महिलालाई उम्मेदवार बनाइएको छ ।

प्रदेश १- ताप्लेजुङ निर्वाचन क्षेत्र नं.१, पाँचथर निर्वाचन क्षेत्र नं.१, इलाम निर्वाचन क्षेत्र नं.१, झापा निर्वाचन क्षेत्र नं.३, संखुवासभा निर्वाचन क्षेत्र नं.१, भोजपुर निर्वाचन क्षेत्र नं.१, धनकुटा निर्वाचन क्षेत्र नं.१, मोरङ निर्वाचन क्षेत्र नं.४ र ६, खोटाङ निर्वाचन क्षेत्र नं.१

मधेस प्रदेश –  सुनसरी निर्वाचन क्षेत्र नं.४ सप्तरी निर्वाचन क्षेत्र नं.३, धनुषा निर्वाचन क्षेत्र नं.१, २ र ४, महोत्तरी निर्वाचन क्षेत्र नं.२ र ४, रौतहट निर्वाचन क्षेत्र नं.२ र ३, बारा निर्वाचन क्षेत्र नं.१, २ र ४ र पर्सा निर्वाचन क्षेत्र नं.१, २, ३ र ४ रहेका छन् ।

बागमती प्रदेश –   दोलखा निर्वाचन क्षेत्र नं.१, धादिङ निर्वाचन क्षेत्र नं.१, काभ्रेपलाञ्चोक क्षेत्र नं.१६, मकवानपुर निर्वाचन क्षेत्र नं.२,

गण्डकी प्रदेश – गोरखा निर्वाचन क्षेत्र नं.२, मनाङ क्षेत्र नं.१, लमजुङ निर्वाचन क्षेत्र नं.१, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) निर्वाचन क्षेत्र नं.२, मुस्ताङ निर्वाचन क्षेत्र नं.१, बागलुङ निर्वाचन क्षेत्र नं.१,

लुम्बिनी प्रदेश –  पाल्पा निर्वाचन क्षेत्र नं.१, रुपन्देही निर्वाचन क्षेत्र नं.४, रुकुम पूर्व निर्वाचन क्षेत्र नं.१, बाँके निर्वाचन क्षेत्र नं.३, बर्दिया निर्वाचन क्षेत्र नं.१ र २, सल्यान निर्वाचन क्षेत्र नं.१

कर्णाली प्रदेश – डोल्पा निर्वाचन क्षेत्र नं.१, मुगु निर्वाचन क्षेत्र नं.१, कालिकोट निर्वाचन क्षेत्र नं.१, हुम्ला निर्वाचन क्षेत्र नं.१, जाजरकोट निर्वाचन क्षेत्र नं.१, दैलेख निर्वाचन क्षेत्र नं.२, सुर्खेत निर्वाचन क्षेत्र नं.१, रुकुम पश्चिम निर्वाचन क्षेत्र नं.१, बाजुरा निर्वाचन क्षेत्र नं.१, अछाम निर्वाचन क्षेत्र नं.१ र २, बझाङ निर्वाचन क्षेत्र नं.१,

सुदूरपश्चिम प्रदेश – कैलाली निर्वाचन क्षेत्र नं.२ र ४, दार्चुला निर्वाचन क्षेत्र नं.१, बैतडी निर्वाचन क्षेत्र नं.१, डडेलधुरा निर्वाचन क्षेत्र नं.१ र कञ्चनपुर निर्वाचन क्षेत्र नं.२ मा एकजना पनि महिला उम्मेदवार रहेका छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved