नवौं राष्ट्रिय खेलकुद

एनआरएनएको फुटबल टोलीबाट ८ खेलाडी बाहिर, अघिल्लो खेलको नतिजा उल्टियो

नेपालभ्युज

एनआरएनएको फुटबल टोलीबाट ८ खेलाडी बाहिर, अघिल्लो खेलको नतिजा उल्टियो

पोखरा । नवौं राष्ट्रिय खेलकुदमा एनआरएनएको फुटबल टिममा रहेका ८ जना खेलाडीले बाँकी खेल खेल्न नपाउने भएका छन् ।

पहिलो खेलमा सहभागी भएका राष्ट्रिय टिमका अनन्त तामाङ, विमल घर्ती मगर, सुजल श्रेष्ठलगायतका खेलाडी अब बाहिरिनु पर्ने भएको छ । प्रदेश १ ले हालेको उजुरीको छानबीन पछि प्राविधिक उपसिमितिले यस्तो निर्णय गरेको हो ।

प्रदेश १ ले ८ जना खेलाडीविरुद्ध उजुरी गरेको थियो । उपसमितिले पहिलो खेलको नतिजा पनि उल्टाएको छ । जसमा प्रदेश एक २-० ले हारेको थियो । उक्त खेल अब प्रदेश १ का नाममा गएको छ ।  खेल्न नपाउने अन्य खेलाडीमा संजोग तामाङ, पुजन उपरकोटी, विशाल राई, निशान खड्का र अशोक खवास छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved