विपद् प्रभावित नागरिकको जीवन रक्षामा जुट्न सरकारलाई कांग्रेसको आग्रह

नेपालभ्युज

विपद् प्रभावित नागरिकको जीवन रक्षामा जुट्न सरकारलाई कांग्रेसको आग्रह

काठमाडौं। नेपाली कांग्रेसले प्राकृतिक विपतबाट प्रभावित नागरिकको जीवनरक्षा, उद्धार, राहत र उचित आर्थिक सहायताका लागि तीनै तहका सरकारसँग आग्रह गरेको छ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकले कर्णाली प्रदेशमा हालै बाढीपहिराबाट प्रभावितको उद्धार र राहतमा जुट्न तथा पीडितलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि सहयोग पुर्‍याउन पार्टी सदस्य र भातृ एवं शुभेच्छुक संस्थालाई पनि निर्देशन दिएको छ।

बैठकले यही असोज १९ गतेदेखि परेको अविरल वर्षाका कारण कर्णाली प्रदेशका रुकुमपश्चिम, मुगु, कालिकोट, हुम्ला, सुर्खेत, जाजरकोट, सल्यान, डोल्पा, जुम्ला र दैलेखमा करिब तीन दर्जन व्यक्तिको मृत्यु, २० जना बेपत्ता र २३ जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ।

बाढी पहिराबाट आजसम्म रुकुमपश्चिममा सात, मुगुमा दुई सय ३६, कालिकोटमा दुई सय ३२, हुम्लामा २८, सुर्खेतमा एक सय २९, जाजरकोटमा १२, सल्यानमा ६७, डोल्पामा पाँच, जुम्लामा तीन ६८ र दैलेखमा दुई सय ७१ घर पूर्णरूपमा क्षति भएका छन्।

त्यसैगरी रुकुमपश्चिममा तीन, मुगुमा तीन सय ९९, कालिकोटमा चार सय ३५, हुम्लामा ३२, सुर्खेतमा एक सय २७, सल्यानमा ४२, डोल्पामा छ, जुम्लामा चार सय ४० र दैलेखमा दुई सय ३६ घर उच्च जोखिममा रहेका छन्।

रुकुमपश्चिममा १५, मुगुमा पाँच हजार दुई सय ८२, कालिकोटमा एक हजार सात सय ६३, हुम्लामा चार सय ७४, सुर्खेतमा पाँच सय ६६, सल्यानमा छ सय २९, डोल्पामा ३२, जुम्लामा एक हजार सात सय २५, दैलेखमा एक हजार छ सय २० र जाजरकोटमा १८ जना स्थानीय बासिन्दा विस्थापित हुन बाध्य भएको बैठकपछि कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। कर्णाली राजमार्गका दैलेख, कालिकोट, जुम्ला, मुगुका केही स्थानहरु अवरुद्धसमेत भएका छन्।

प्राकृतिक विपद्मा परी जीवन गुमाउनुभएका सम्पूर्णमा बैठकले श्रद्धाञ्जलि अर्पण गर्दै उहाँहरूका शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved