पुरुष फुटबलमा ‘एनआरएनए’को विजयी सुरुवात

नेपालभ्युज

पुरुष फुटबलमा ‘एनआरएनए’को विजयी सुरुवात

काठमाडौं। नवौं राष्ट्रिय खेलकुदको पुरुष फुटबलमा गैरआवासीय नेपाली संघ ‘एनआरएनए’ ले विजयी सुरुवात गरेको छ । पोखराको गोस्टेघाट खेल मैदानमा बिहीबार भएको उद्घाटन खेलमा एनआरएनएले प्रदेश १ लाई २–० गोलअन्तरले पराजित गरेको हो ।

एनआरएनएका लागि विमल घर्तीमगर र सञ्जोग कोइरालाले गोल गरे । १२ः३० बजे सुरु हुने पर्ने खेल ढिला सुरु भएको थियो । प्रदेश १ प्रतियोगिता स्थलमा ढिलो पुगेको थियो । ३५ मिनेटको २ हाफ खेलाइएको थियो ।

साथै, एनआरएनएले नियम उल्ङ्घन गर्दै राष्ट्रिय टोलीका खेलाडीलाई समावेश गरेको विषयमा २ टोलीबीच विवाद पनि भएको थियो ।

एनआरएनएमा राष्ट्रिय टोलीका अनन्त तामाङ, विमल घर्ती मगर, सञ्जोक राई, निशान खड्का, सुजल श्रेष्ठ, र पुजन उपरकोटीले मैदान प्रवेश गरेका थिए । कमल श्रेष्ठ, रोशन पहरी, विशाल राई र रवि सिलवाल भने बेन्चमा थिए । अर्को खेलमा बागमती र मधेस प्रदेश भिड्दै छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved