जनकपुरधाम । मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता सुरेन्द्रकुमार महतोलाई नियुक्त गरिएको छ ।
मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले वीरेन्द्रकुमार ठाकुरले मुख्य न्यायाधिवक्ता पदबाट दिएका राजीनामा स्वीकृत गर्दै अधिवक्ता सुरेन्द्र कुमार महतोलाई नियुक्त गरेकी छन् । मुख्यन्यायाधिवक्ता प्रदेश सरकारको प्रमुख कानुनी सल्लाहकार हो ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यन्यायधिवक्तामा अधिवक्ता सुरेन्द्रकुमार महतोलाई नियुक्त गरेकी हुन् ।
नेपालको संविधानको धारा १६० को उपधारमा (२) बमोजिम सबैला नगरपालिका ६ बस्ने सुरेन्द्र कुमार महतोलाई ज्येष्ठ ३० गते मधेस प्रदेश मुख्यन्यायधिवक्ता पदमा नियुक्त गरेको जानकारी प्रदेश प्रमुखको कार्यालय द्धारा आज जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
त्यस्तै यस अघि मुख्यन्यायाधिवक्ताको जिम्मेवारीमा रहनु भएको वीरेन्द्रकुमार ठाकुरले राजीनामा दिएका थिए ।
सरकार फेरिए पछि ठाकुरले पदबाट राजीनामा दिएका थिए ।
मुख्यमन्त्री सतिश कुमार सिंह मार्फत् मुख्य न्यायाधिवक्ता ठाकुरले राजीनामा दिएका थिए । उनको राजीनामा प्रदेश प्रमुख सुमित्रा भण्डारीले स्वीकृत गरेकी हुन् ।
Facebook Comment
Comment