मन्त्रीपरिषद् पुनर्गठन गर्नेबारे मलाई जानकारी छैन, प्रधानमन्त्रीसँग सोधौँला : माधवकुमार नेपाल

नेपालभ्युज

मन्त्रीपरिषद् पुनर्गठन गर्नेबारे मलाई जानकारी छैन, प्रधानमन्त्रीसँग सोधौँला : माधवकुमार नेपाल
फाइल तस्वीर

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारलाई लैजानेबारे आफूलाई जानकारी नभएको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुवै पार्टीलाई सरकारमा सहभागी गराउने तयारी गरिरहेका बेला उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

बिहीबार अपराह्न संसद भवन परिसरमा सञ्चारकर्मीहरूले मन्त्रीपरिषद् पुनर्गठनबारे प्रश्न गरेका थिए । त्यसको जवाफमा अध्यक्ष नेपालले सोबारे आफूलाई कुनै जानकारी नभएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालसँग भेटेर सोध्ने बताउनु भयो ।

अध्यक्ष नेपालले भने, ‘मलाई थाहा छैन । आज भेट हुँदाखेरी सोधौला । सांसदहरूको सांसदप्रति रुची कम भएको होला ।’

प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा सहभागी गराउन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर छलफल गर्दै आएका छन् । तर, नेपालले भने आफूलाई जानकारी नभएको भन्दै असन्तुष्टि व्यक्त गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved