फ्लोरिडामा मौसम खराब भएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीको वेस्ट इण्डिज उडान रद्द

नेपालभ्युज

फ्लोरिडामा मौसम खराब भएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीको वेस्ट इण्डिज उडान रद्द

काठमाडौं । अमेरिकाको फ्लोरिडामा भएको खराब मौसमका कारण वेस्ट इण्डिज जान लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीको उडान रद्द भएको छ ।

खराब मौसमका कारण उडान रद्द भएको बताइएको छ । त्यहाँको मौसम विभागका अनुसार भोलि पनि फ्लोरिडाको मौसम खराब रहने अनुमान छ ।

नेपाली टोली फ्लोरिडाबाट चाटर्ड विमानमार्फत सेन्ट भिन्सेन्ट जाने तालिका थियो ।

वर्षाकै कारण फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी मैदानमा खेल हुन नसकेपछि नेपाल र श्रीलंकाबीचको खेल रद्द भएको थियो ।

आईसीसी टी–२० विश्वकप अन्तर्गत अमेरिकामा समूह चरणका दुई खेल पछि नेपाली टोली आज फ्लोरिडाबाट सेन्ट भिन्सेन्ट जाने योजनामा थियो ।

नेपालले अब शनिबार सेन्ट भिसेन्टमा दक्षिण अफ्रिकासँग र सोमबार बंगलादेशसँग खेल्ने तालिका छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved