एमालेले १४१ निर्वाचन क्षेत्रमा उम्मेदवारी, यी हुन् २९ देखि ७७ वर्षसम्मका उम्मेदवारहरु

नेपालभ्युज

एमालेले १४१ निर्वाचन क्षेत्रमा उम्मेदवारी, यी हुन् २९ देखि ७७ वर्षसम्मका उम्मेदवारहरु

काठमाडौं । नेकपा एमालेले  प्रतिनिधिसभा निर्वाचनमा १४१ निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएको छ  । कूल  १६५ निर्वाचन क्षेत्रमध्ये १४१ निर्वाचन क्षेत्रमा एमालेको उम्मेदवारहरु चुनावी मैदानमा रहेका छन्  ।

केही निर्वाचन क्षेत्रमा अन्य दलसँग तालमेल गरेकाले एमालेले १४१ निर्वाचन क्षेत्रमा मात्रै मनोनयन दर्ता गरेको हो  ।

निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीअनुसार एमालेका उम्मेदवार २९ देखि ७७ वर्षसम्मका रहेका छन् । जसमध्ये सबैभन्दा कम उमेर २९ वर्षका अब्दुस अलाम मिया र  सबैभन्दा जेष्ठ उम्मेदवार ७७ वर्षीय मंगल प्रसाद गुप्ता रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved