रुसबाट बाहिरिने निसानको घोषणा, कम्पनीलाई एक डलर भन्दा कम मूल्यमा भएपनि बेच्ने

अचम्मको कुरा के छ भने निसानले रुसमा आफ्नो व्यवसाय सरकारी स्वामित्वमा रहेको नामीलाई एक डलरभन्दा कममा बेच्ने घोषणा गरेको छ। जापानी अटोमेकरले रुस-युक्रेन युद्ध सुरु भएपछि ६ सय ८७ मिलियन डलरको नोक्सानी बेहोरेको जनाएको छ ।

नेपालभ्युज

रुसबाट बाहिरिने निसानको घोषणा, कम्पनीलाई एक डलर भन्दा कम मूल्यमा भएपनि बेच्ने

सेन्ट पिटर्सबर्ग।  जापानको गाडी निर्माता कम्पनी निसानले रुस छोड्ने निर्णय गरेको छ । निसानले रुसमा रहेको सम्पूर्ण व्यवसाय १ डलर भन्दा कममा समेत विक्रि गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ । जापानी कार निर्माता कम्पनी निसानले रुसी बजार छोड्ने निर्णयलाई धेरैले आश्चर्यजनक घोषणा भनेका छन् ।

अझ अचम्मको कुरा के छ भने निसानले रुसमा आफ्नो व्यवसाय सरकारी स्वामित्वमा रहेको नामीलाई एक डलरभन्दा कममा बेच्ने घोषणा गरेको छ। जापानी अटोमेकरले रुस-युक्रेन युद्ध सुरु भएपछि ६ सय ८७ मिलियन डलरको नोक्सानी बेहोरेको जनाएको छ ।
यो कदम कम्पनीले रुसमा उत्पादन बन्द गर्न बाध्य भएको महिनौं पछि आएको हो । रूसले गएको फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेपछि रुसबाट बाहिरिने सबैभन्दा ठूलो अटोमेकर कम्पनी पनि निसान बनेको छ।

रेनो-निसान-मित्सुबिशी गठबन्धनको छातामा रहेको अर्को प्रमुख जापानी कार ब्रान्ड मित्सुबिशीले पनि रूसी बजारबाट बाहिरिने विचार गरिरहेको निकेइ एसियाले दाबी गरेको छ।निसानको कार्यकारी समितिले रूसी संघलाई आफ्नो रूसी सम्पत्तिहरू बिक्री गर्न अनुमोदन गरेको छ । विक्रिको सूचीमा सेन्ट पिटर्सबर्गमा निसानको उत्पादन र अनुसन्धान सुविधाहरू र मस्कोमा बिक्री र मार्केटिङ केन्द्रहरू समावेश छन्।

निशानले रुसबाट बाहिरिने निर्णय गरे पनि त्यहाँ रहेका दुई हजार जना कर्मचारीलाई एक वर्षको तलबसमेत दिने जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved