एमालेका लागि भोट मागिरहनु पर्दैन : ओली

नेपालभ्युज

एमालेका लागि भोट मागिरहनु पर्दैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका लागि भोट मागिरहनु नपर्ने बताएका छन् ।

झापाको दमकमा उम्मेद्वारी  मनोनयन दर्ता पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई भोट किन दिनुपर्ने भनिरहन नपर्ने भन्दै जनता आफै सूर्यमा भोट हाल्न आतुर भएको दाबी गरेका हुन् ।

ओलीले देशको विकासका लागि एमालेको जित आवश्यक भएको बताए ।

कोणसभालाई सम्बोधन गर्दै ओलीले आसन्न निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको दाबी गरे । राप्रपासँग चुनावी तालमेल गरेका ओलीले यसअघि पनि सोही दलसँगको गठबन्धनबाट जितेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved