गोरखा–२ बाट प्रचण्डले दर्ता गराए उम्मेदवारी

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायतका नेताहरूसँग निर्वाचन अधिकृतको कार्यालय पुगेका प्रचण्डले केही बेरअघि मनोनयन दर्ता गराएका हुन्।

नेपालभ्युज

गोरखा–२ बाट प्रचण्डले दर्ता गराए उम्मेदवारी

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा– २ बाट उम्मेदवार मनोनयन दर्ता गराएका छन्।

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायतका नेताहरूसँग निर्वाचन अधिकृतको कार्यालय पुगेका प्रचण्डले केही बेरअघि मनोनयन दर्ता गराएका हुन्।

यसअघि सो क्षेत्रमा बाबुराम भट्टराई र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ भिड्दै आएका थिए। सो क्षेत्रमा लगातार चुनाव जित्दै आएका भट्टराईले यस पटक चुनाव लडेनन्।

अहिलेसम्म तीन वटा संसदीय निर्वाचन लडेका प्रचण्डले प्रत्येक पटक क्षेत्र फेरेका छन्। यस पटक गोरखा रोजेसँगै उनी चार चुनावमा चार क्षेत्रबाट निर्वाचन लड्ने नेता हुनेछन्।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved