यी हुन् लोसपाको भागमा परेका निर्वाचन क्षेत्र

नेपालभ्युज

यी हुन् लोसपाको भागमा परेका निर्वाचन क्षेत्र

काठमाडौं। सत्ता गठबन्धनमा ससभागी बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई प्रतिनिधिसभामा सात सिट र एक सिटमा मित्रवत् प्रतिस्पर्धा गर्ने गरी सहमति भएको छ।

आज बालुवाटारमा गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोसपाका अध्यक्ष महन्थ ठाकुरबीच उक्त सहमति भएको हो।

प्रदेशसभामा लोसपालाई १६ वटा सिट दिने र त्यसमध्ये रूपन्देही जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ३ (क) लोसपालाई दिने सहमति भएको छ।

सहमतिअनुसार लोसपालाई दिइएका सात सिटमा सप्तरी-२, बारा-३, पर्सा-१, धनुषा-३, महोत्तरी-२ र ३ र सर्लाही १ छन्।

यसबाहेक सर्लाही-२ मा मित्रवत प्रतिस्पर्धा गर्ने सहमतिमा छ। यो क्षेत्र सत्तारूढ गठबन्धन तर्फबाट माओवादी केन्द्रको भागमा परेको छ।

त्यस्तै, मधेस प्रदेशसभामा लोसपालाई दिन सहमति गरिएका सिटमा सप्तरी २ (क), सिरहा ४ (ख), धनुषा १ (ख), धनुषा २ (क), रौतहट २ (क), बारा २ (क), बारा ४ (ख), महोत्तरी १ (क), महोत्तरी २ (क), महोत्तरी ३ (क) र (ख), महोत्तरी ४ (क), सर्लाही १ (क), सर्लाही २ (ख) र सर्लाही ४ (ख) छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved