कर्णालीका मुख्यमन्त्री शाही पुन: प्रदेश सभामा उम्मेदवार बन्ने

नेपालभ्युज

कर्णालीका मुख्यमन्त्री शाही पुन: प्रदेश सभामा उम्मेदवार बन्ने

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले पुनः प्रदेश सभामबाट चुनावी प्रतिस्पर्धामा उत्रने भएका छन् । नेपाली कांग्रेसले शाहीलाई हुम्ला (ख) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ ।

जिल्लाले उनलाई हुम्लाबाट प्रतिनिधिसभा र प्रदेशसभा (ख) बाट उम्मेदवार सिफारिस गरेको थियो । उनले प्रतिनिधि सभामा उम्मेदवार बन्न रुचि देखाएका थिए ।

चुनावी तालमेलको क्रममा हुम्लामा प्रतिनिधिसभा सदस्य नेकपा माओवादी केन्द्रले लगेको छ । प्रदेशसभा (क) पनि माओवादी केन्द्रले नै लगेको छ भने प्रदेशसभा (ख) बाट शाही उम्मेदवार बन्दैछन् ।

प्रतिनिधि सभा ताकिरहेकाे शाहीलाई पार्टीले पुनः मुख्यमन्त्री बनाउने आश्वासन दिएको बताइएको छ । अघिल्लो निर्वाचनमा कर्णालीभरमा शाहीले मात्र प्रत्यक्ष चुनाव जितेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved