दाङमा बस दुर्घटनामा ४२ जना घाइते

नेपालभ्युज

दाङमा बस दुर्घटनामा ४२ जना घाइते

दाङ । दाङमा बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन् । घाेराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १८ ४५ नम्बरको बस घोराही उपमहानगरपालिका–३ चौपट्टाको ओरालोमा दुर्घटना हुँदा ४२ जना घाइते भएका हुन् ।

सो दुर्घटनामा घाइते भएका मध्ये ५ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार गम्भीर घाइते लमही ८ क ा २६ वर्षीय दीपककुमार चौधरीलाई उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ भने अन्यको  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved