रवीन्द्र मिश्रले गरे काठमाडौं-१ बाट उम्मेदवारी घोषणा, कांग्रेसमाथि आक्रोश

नेपालभ्युज

रवीन्द्र मिश्रले गरे काठमाडौं-१ बाट उम्मेदवारी घोषणा, कांग्रेसमाथि आक्रोश

काठमाडौं। राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका छन् । अघिल्लो चुनावमा पनि उनी सोही क्षेत्रमा उठेर कांग्रेस नेता प्रकाशमान सिंहसँग पराजित भएका थिए ।
उम्मेदवारी घोषणा गर्दै मिश्रले कांग्रेसको आलोचना गरे । कांग्रेस सिद्धान्तहीन भएको भन्दै उनले  प्रचण्डीकरण भएको भन्दै उक्त दलबाट देशको हित हुन नसक्ने उनले दाबी गरे ।

शुक्रबार पार्टीका तर्फबाट प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नम्बर १ मा उम्मेदवारी घोषणा गर्दै मिश्रले आफूले ३० वर्षभन्दा पछिका पुस्ताका लागि राजनीति गरेको दाबी समेत गरे । क्षेत्र नम्बर १ का मतदाताकहाँ जाँदा आफूले पाउने गाली ताली स्वीकार्य हुने भन्दै मिश्रले आफू निर्वाचित भएमा सो क्षेत्रका मतदाताले गर्व गर्न सक्नेगरी काम गर्ने जिकिर गरे ।

मिश्रले राष्ट्रवादी शक्ति निर्माण नगरीकन देशको हित हुन नसक्ने बताउँदै राप्रपालाई नरम कन्जरभेटिभ पार्टी भएको दाबी पनि गरे । उनले कांग्रेसमा बीपी, गणेशमान र किसुनजीको आदर्श हराएको आरोप पनि लगाए ।

बीपी, गणेशमान र कृष्णप्रसादको आदर्श मान्ने कांग्रेसीप्रति भने आफ्नो सम्मान रहेको मिश्रले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved