राष्ट्रपतिले सर्वसाधारणलाई दशैँको टीका लगाइदिने

राष्ट्रपति विद्यादेवी भण्डारीले इच्छुक सर्वसाधारणलाई बडादशैंको टीका लगाइदिने भएकी छिन्। राष्ट्रपति कार्यालयले बिहीबार प्रेस नोट जारी गर्दै टीका लगाइदिने तालिका सार्वजनिक गरेको हो।

नेपालभ्युज

राष्ट्रपतिले सर्वसाधारणलाई दशैँको टीका लगाइदिने

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले इच्छुक सर्वसाधारणलाई बडादशैंको टीका लगाइदिने भएकी छिन्। राष्ट्रपति कार्यालयले बिहीबार प्रेस नोट जारी गर्दै टीका लगाइदिने तालिका सार्वजनिक गरेको हो।

कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीले इच्छुक सर्वसाधारणलाई विजयादशमीका दिन असोज १९ गते बुधबार अपराह्न ३ बजेदेखि ५ बजेसम्म टीका लगाइदिने तालिका छ।

त्यसअघि उनले इच्छुक सम्माननीय, मन्त्रीहरू, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका माननीय पदाधिकारीलाई टीका लगाउने प्रेस नोटमा उल्लेख छ। त्यसका लागि दिउँसो २ देखि ३ बजेको समय तोकिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved