बत्तिसपुतलीमा चिया पिउनेको भिड

नेपालभ्युज

बत्तिसपुतलीमा चिया पिउनेको भिड

काठमाडौं। नेपाली कांग्रेसको शेखर कोइराला पक्षले  दसैंको अवसरमा बिहीबार चियापान कार्यक्रम आयोजना गरेको छ । आज बिहान काठमाडौंको बत्तीसपुतलीमा कोइराला पक्षको खबरदारी अभियानद्वारा आयोजित चियापान कार्यक्रमा शीर्ष नेता पनि सहभागी भएका हुन् ।

समान अवसर र न्यायका लागि खबरदारी अभियानमा सहभागी नभएका नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, नेता चन्द्र भण्डारी, सञ्जय गौतम लगायत सहभागी छन् ।

बुधबार दिउँसो नेता कोइराला, महामन्त्री थापा र सह-महामन्त्री बद्री पाण्डेले खबरदारी अभियानको नेतृत्व गरिरहेका नेता गुरुराज घिमिरे, जगदीश्वरनर​सिंह केसी, भुपेन्द्रजंग शाहीसँग भेटवार्ता गरेका थिए ।

भेटवार्तापछि आज चियापान कार्यक्रम राखिएको बुझिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved