मनास्लु हिमपहिरोका घाइते दुई जनालाई काठमाडौं ल्याइयो

नेपालभ्युज

मनास्लु हिमपहिरोका घाइते दुई जनालाई काठमाडौं ल्याइयो
तश्वीर : पूर्णिमा श्रेष्ठको फेसबुक

काठमाडौं । मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो जाँदा घाइते भएका दुई जनालाई उद्दार गरी काठमाडौं ल्याइएको छ ।

कैलास एयरको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएका उनीहरूलाई नेपाल प्रहरीको कोरोना अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

एभरेष्ट एयरको हेलिकोप्टरले थप दुई जनालाई आधार शिविरबाट उद्दार गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिए  ।

अहिले मौसम खराब भएपछि उद्दारमा समस्या भएको उनले बताए ।

चुमनुब्री गाउँपालिका वडा नम्बर १ मनास्लु हिमालमा सोमबार मध्यान्ह १२ बजे हिउँ पहिरो खसेपछि १३ जना सम्पर्कविहीन भएको गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved