डिसहोम फाइबरनेटले ल्यायो ‘खुसीको साथी’ योजना, यस्ता छन् सुविधा ?

नेपालभ्युज

डिसहोम फाइबरनेटले ल्यायो ‘खुसीको साथी’ योजना, यस्ता छन् सुविधा ?

काठमाडौं। डिसहोम फाइबरनेटले नयाँ योजना “खुशीको साथी,” सार्वजनिक गरेको छ। खुशीको साथी अन्तर्गत ग्राहकहरूले मात्र रु ४१,७३९ मा DHI Smart TV, 5G Dual Band Router सहित २५० Mbps फाइबरनेटको एक वर्षे subscription साथै डिसहोम iTV को एक बर्षको subscriptionपनि प्राप्त गर्न सक्नेछन्।

डिसहोम फाइबरनेटले इन्टरनेट छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्दै देशका विभिन्न क्षेत्रहरूमा फैलिँदै ग्राहकहरूको मन जितीरहेको छ। त्यस्तै दिनानु लोकप्रियता बढिरहेको, iTV मा ग्राहकहरूले सर्ट टिभी, फन टिभी, गुञ्जन, सिने हिट्स, जुनियर टिभी र नेपाली भाषामा लोकप्रिय कोरियन सिरिजहरू जस्ता डिसहोम विशेष च्यानलहरू सहित २०० भन्दा बढी टिभी च्यानलहरू हेर्न सक्छन् ।

खुशीको साथी, अन्तर्गतको उत्कृष्ट DHI Smart TV मा ग्राहकहरूले एउटा छुट्टै र उत्कृष्ट टिभी हेराइको अनुभव प्राप्त गर्न सक्नेछन्। परिवारका हरेक सदस्यहरूको फरक फरक आवश्यकतालाई मध्यनजर गर्दै डिसहोम मिडियाले आफ्ना सेवाहरू समावेश गरि DHI Smart TV सहित यो योजना ल्याएको हो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved