राष्ट्रपतिको कदमविरुद्ध जसपाले घोषणा गर्‍यो आन्दोलन

नेपालभ्युज

राष्ट्रपतिको कदमविरुद्ध जसपाले घोषणा गर्‍यो आन्दोलन

जनकपुरधाम। राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध जनता समाजवादी पार्टी (जसपा) ले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमविरुद्ध जसपाको मधेस प्रदेश कमिटीले राष्ट्रपति भण्डारीको राजीनामा माग गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको हो ।

जसपाको मधेस प्रदेश कमिटी बैठकले शनिबारदेखि चरणबद्ध रूपमा शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय बिहीबार भर्चुअलमार्फत गरेको मुख्य सचिव दिनेश यादवले जानकारी दिए ।

उनका अनुसार असोज ८ गते प्रदेशका आठवटै जिल्लाका सदरमुकाममा राष्ट्रपति भण्डारीको कदमको सन्दर्भमा नागरिक समाज, बुद्धिजीवि, व्यापारी, शिक्षक, कानुनी व्यवसायीसँग र सञ्चारकर्मीसँग अन्तर्क्रिया गरिनेछ । असोज ११ गते जसपाका भातृ संगठनहरूले राष्ट्रपति भण्डारीविरुद्ध प्रदर्शन गर्दै उनको पुतला जलाउने, १३ गते पालिका स्तरमा अन्तरक्रिया गर्ने र १५, १६, १७ गते पालिका एवं वडा स्तरमा प्रदर्शन गर्ने आन्दोलनको कार्यक्रम तय गरेको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाले दुईपटकसम्म पारित गरी पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरी राष्ट्रपतिले वर्तमान संवैधानिक व्यवस्थामाथि धावा बोलेको जसपाको निष्कर्ष छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved