४१ वटा ठूला करदातालाई सम्पत्ति र घरबहाल कर तिर्न काठमाडौं महानगरको निर्देशन

नेपालभ्युज

४१ वटा ठूला करदातालाई सम्पत्ति र घरबहाल कर तिर्न काठमाडौं महानगरको निर्देशन

काठमाडौं। काठमाडौं महानगरपालिकाले  ४१ वटा ठूला करदातालाई सम्पत्ति र घरबहाल कर तिर्न पत्र काटेको छ । बुधबार महानगरपालिकाले विभिन्न कम्पनी र सरकारी निकाय, संघसंस्था र व्यक्तिहरूलाई घरजग्गा सम्पत्तिमा लाग्ने कर र घरबहाल कर तिर्न निर्देशन दिएको हो ।

महानगरपालिकाले रेडक्रस र स्काउटदेखि पेप्सी उत्पादक बरुण वेभरेज तथा रञ्जना ट्रेड सेन्टर, वर्ल्ड ट्रेड सेन्टर र सीटीसी मलसम्मलाई एकसाथ पत्र काटेको छ । १० दिनभित्र करदाताले वडा कार्यालयमा पुगेर आफ्नो सम्पत्ति र घरबहाल कर नतिरेमा सरकारी बाँकीसरह असुल उपर गरिने सूचनामा उल्लेख छ ।

जय नेपाल हल, हात्तीसार, इम्पेरियल अपार्टमेन्ट, सगरमाथा इन्सोरेन्स, ग्लोबल ट्रेडिङ कन्सर्न, पूजा इन्टरप्राइजेज, ल्यान्डमार्क होटल, ओ सान इन्टरनेसनल कलेज, वर्ल्ड ट्रेड सेन्टर, सीटीसी मल र एनआरटी क्लबलाई सम्पत्ति कर बुझाउन पत्र काटिएको महानगरपालिकाका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले जानकारी दिए ।

त्यसैगरी, नेपाल रेडक्रम सोसाइटी, ब्लु बर्ड इन्भेष्टमेन्ट, होटल प्लाटिनियम, एड्भान्स अटोमोबाइल आदर कम्प्लेक्स, ब्याट्री कारखाना, बुद्धबारी कम्प्लेक्स, सिग्नेचर अपार्टमेन्ट, काठमाडौं इन्जिनियरिङ कलेज र सिद्धार्थ वनस्थली स्कुललाई पनि महानगरले कर तिर्न बोलाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved