राष्ट्रपति भण्डारीले राजीनामा दिनुपर्छ : पूर्व राष्ट्रपति यादव

संसद रहेको भए यो विषय महाअभियोगको विषय बन्ने भन्दै पूर्व राष्ट्रपति यादवले अबको विकल्प भने राष्ट्रपति भण्डारीको राजीनामा भएको उल्लेख  गरेका छन् ।

नेपालभ्युज

राष्ट्रपति भण्डारीले राजीनामा दिनुपर्छ : पूर्व राष्ट्रपति यादव
फाइल तस्वीर

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण अश्विकार गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीमाथि राजीनामाको दबाब बढेको छ ।

पूर्व राष्ट्रपति डा. रामबरण यादवले पनि भण्डारीलाई  राजीनामा दिन सुझाव दिएका छन् । संचारमाध्यमसँग कुरा गर्दै पूर्व राष्ट्रपति यादवले विधेयक प्रमाणीकरण नगर्ने अधिकार राष्ट्रपतिलाई नभएको भन्दै भण्डारीले अनुचित कदम चालेको बताएका हुन् ।

आफ्ना केही व्यक्तिगत असन्तुष्टि भए पनि संविधानको संरक्षकका रुपमा त्यसको पूर्ण पालना गर्नु राष्ट्रपतिको कर्तव्य भएको भन्दै यादवले यो विषय न्यायिक परीक्षणको विषय समेत बन्ने बताए ।

संसद रहेको भए यो विषय महाअभियोगको विषय बन्ने भन्दै पूर्व राष्ट्रपति यादवले अबको विकल्प भने राष्ट्रपति भण्डारीको राजीनामा भएको उल्लेख  गरेका छन् । उनले भनेका छन्, ‘ गरिमायम संस्थामा बसेर मनोमानी गर्न मिल्दैन अब उहाँले पद छोड्नुभयो भने सहज बाटो हुन्छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved